काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को ४ महिनासम्ममा ४९७ वटा परियोजनाका लागि १९ अर्ब ५५ करोड २८ लाख ९५ हजार ७९६ रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार ४९१ वटा साना,२ वटा मध्यमस्तरीय र ४ वटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो ।
विभागका अनुसार लागतका आधारमा पर्यटन र ऊर्जा मुलक परियोजनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ ।
यो अवधिमा पर्यटन उद्योगका १४६ परियोजनामा ८ अर्ब ६६ करोड ७८ लाख ५० हजार रुपैयाँको लगानी प्रतिबद्बता भएको छ । ऊर्जा उद्योगका ३ परियोजनामा ४ अर्ब ५ करोड, सेवा मुलक उद्योगका ४४ परियोजनामा ३ अर्ब ९५ करोड २९ लाख ८१ हजार १९६ रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उत्पादनमूलक उद्योगका २९ वटा परियोजनामा १ अर्ब ७५ करोड २५ लाख रुपैयाँ, कृषिमुलक उद्योगका ३ परियोजनामा १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
त्यसैगरी सूचना प्रविधिमूलक उद्योगका २७२ परियोजनामा ९७ करोड ९६ लाख ७ हजार ६०० रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । यी परियोजनाले ६ हजार २०१ जनालाई रोजगारी दिने जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्