Skip to content

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने घट्यो 

nabil
global ime
काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार देखिएको  छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ३.६२ अंक बढेर २६२८.६७ विन्दुमा पुगेको छ।
सेयर बजार बढेको भएता पनि आज सेयर कारोबार रकमभने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ४ अर्ब १५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज  ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत बढेको छ।
बोटलर्स नेपालको सेयरमूल्य आज सर्वाधिक ६ प्रतिशत बढेको छ। यसैगरी, बोटलर्स नेपाल (तराई)को सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंक उच्च स्थानमा रहेको छ। आज बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको  छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T