Skip to content

साइबर तथा डिजिटल वित्तीय ठगीमा परे १२४७ मा उजुरी गर्न राष्ट्र बैंकको आग्रह 

nabil
global ime
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी उजुरीको सम्बोधनका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४सै घण्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जनाएको छ ।
उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा ‘डिजिटल’ भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन तथा उजुरी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यस्ता ठगीमा परेमा तत्काल उक्त नम्बरमा सम्पर्क गरी जानकारी गराउन र उक्त केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
त्यसैगरी, ठगीमा परेमा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T