काठमाडौं । नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको छ । यस अनुसार पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट कात्तिक २४ गतेको निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम उक्त पल्स दर कायम गरिएको हो । अब सबै देशका दूरसञ्चार सेवा प्रदायकहरुमा इन्टरनेसनल एक्सेस कोड ००÷१४२४÷१४२५÷१४४५ को प्रयोग गरी वहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुनेछ ।
यस अघि मिति २०८२।११।०१ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशहरुमा यो पल्स दर पहिले देखि नै कायम थियो । अब बाँकी देशहरुमा समेत भोलि (२०८३ मंसिर ८) देखि नयाँ पल्स दर लागु हुनेछ ।
नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ । कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोड पश्चात सेवा प्रदायकको नम्बर डायल गर्नु पर्छ ।
विभिन्न देशमा कल गर्दा लाग्ने दररेट नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्