काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रधानमन्त्री शाह हिजो भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए । भ्रमणका क्रममा उनले विभिन्न भेटघाट गर्नुका साथै द्विपक्षीय हितका विषयमा छलफल, सम्झौता तथा सहमति सम्बन्धी कार्यतालिका पूरा गरेका छन् ।
दुई दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आज स्वदेश फर्किएका हुन् ।









प्रतिक्रिया दिनुहोस्