काठमाडौं । प्रधानमन्त्री वालेन शाह भारत भ्रमणमा रहेको बेला भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
उक्त रकम सहायता मध्ये ठूलो रकम ऋण रहेको छ । जारी संयु्क्त विज्ञप्ति अनुसार सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ हुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) रहेको छ ।
अनुदान रकम नेपालमा विपद् पश्चातको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरू निर्माणका रहेको छ । ऋण सहायता ऊर्जा क्षेत्रका परियोजनाहरूमा लगानी गरिने छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले निकट मित्र तथा छिमेकी राष्ट्रका रूपमा नेपालको विकास यात्रामा भारतको निरन्तर र अटल समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।
विकास सहायताअन्तर्गत सञ्चालन गरिने विशिष्ट परियोजना तथा सहयोग उपलब्ध गराउने तौरतरिकाबारे दुवै देशबीच आपसी परामर्शमार्फत अन्तिम टुंगो लगाइने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्