Skip to content

नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउँदै युरोपेली बजारमा पहुँच विस्तार गर्न मन्त्री साहको जोड

nabil
global ime
काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र युरोपबीचको द्विपक्षीय व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको निर्यात प्रवर्द्धन तथा युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच बढाउने विषयमा विस्तृत छलफल भएको छ ।
विशेषगरी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यातका नयाँ सम्भावनाहरूको पहिचान, वैदेशिक लगानी आकर्षण तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।
मन्त्री साहले नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाली वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न तथा युरोपेली बजारमा पहुँच विस्तार गर्नुपर्ने विषयमा जोड दिएका छन् ।
नेपालको उत्पादनलाई विश्व बजारसम्म पु¥याउने, व्यापारिक अवसर विस्तार गर्ने र वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्यसहित युरोपसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भेटवार्ता केन्द्रित रहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T