Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

nabil
global ime
काठमाडौं । बिहीबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलाको १ हजार ४०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको नेपाली बजारमा चाँदीको मूल्य तोलाको ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको  छ । महासंघका अनुसार बुधबारको बजारमा चाँदीको मूल्य तोलाको ३ हजार ४० रुपैयाँमा कारोबार भइएको थियो । पछिल्ला केही दिनयता निरन्तर ओरालो लागेको सुनको मूल्य बुधबार पनि घटेको थियो ।  तर, बिहीबार पुनः मूल्य बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा पनि सुन–चाँदीको मूल्य निर्धारण हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा वा बढ्दा नेपाली बजारमा समेत त्यसको प्रभाव परेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T