Skip to content

मनि वर्ल्ड ब्रोकरलाई नेप्सेले गर्यो कारबाही, लगानीकर्ताको सम्पत्ति बन्धक

nabil
global ime

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रालिलाई कारबाही गरेको छ ।

नेप्सेले ७३ नम्बरको ब्रोकरलाई ३ दिनका लागि कारबाही स्वरुप निलम्बन गरेको हो ।

सीड‍ीएस एण्ड क्लियरिङको सिफारिसका आधारमा निलम्बन गरेको जनाइएको छ ।

ब्रोकरले समयमै राफसाफ तथा फर्स्योट नगरेपछि कारबाही गरिएको निलम्बन गरेको पत्रमा उल्लेख छ ।

तोकिएको समयावधिभित्र राफसाफ तथा फर्स्योट कार्य नगरेकोले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१). छ बमोजिम ३ दिनका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

३ कार्य दिन यो ब्रोकरबाट सेयर कारोबार गर्ने लगानीकर्ता भने मार्कामा पर्नेछन् । ३ दिन उनीहरुको सम्पत्ति बन्धन हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T