काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकलाई ठगी गरेको प्रकरणमा अर्याललाई पक्राउ गरिएको बताइएको छ ।
स्रोतका अनुसार अर्याल छिमेकी देश भारतमा पक्राउ परेका हुन् ।
उनलाई नेपाली भूमिमा ल्याएपछि मात्रै आधिकारीक जानकारी गराउने तयारी रहेको स्रोतको भनाइ छ ।
मलेसिया जाने श्रमिकलाग्ने ठग्ने काममा संलग्न रहेको भन्दै उनलाई यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिसकिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो प्रकरणमा २ पूर्व श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रमसचिव विनोद केसी, स्वास्थ्य व्यवसायी लगायत १० जनालाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि मलेसिया जाने श्रमिकबाट अवैध रूपमा रकम संकलन गरेको भन्दै ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्