काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयधरनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैंकले ७.२५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।










प्रतिक्रिया दिनुहोस्