Skip to content
Prabhu

प्रिओपन सेसनमा सामान्य बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबारको प्रिओपन सेसनमा नेप्से ० दशमलव ३९ अंकले बढेको हो ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १० दशमलव ४४ अंक घटेर २०६८ दशमलव ३१ विन्दुमा बन्द भएको नेप्से आइतबारको प्रि ओपनमा ० दशमलव ३९ अंक बढेर २०६८ दशमलव ७१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ ।

आइतबार प्रिओपन सेसनमा ३३ स्टकको ५२ पटकको कारोबारमा ३७ लाख २ हजार २१७ रुपैयाँ ८० पैसाबराबरको ५ हजार ६७९ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal