Skip to content
Prabhu

दुई लघुवित्त, एक फाइनान्स र एक हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार परिसूचक ५ अंकभन्दा बढीले घटेर बन्द भयो । अधिकांश उपसमूहको परिसूचकमा गिरावट आएसँगै समग्रमा बजार घटेको हो । आइतबार बजार घटे पनि ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

आइतबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २ वटा लघुवित्त, एउटा फाइनान्स र एकवटा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गणपति लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था तथा रिलाइन्स फाइनान्स र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य अघिल्ला कारोबारको भन्दा १० प्रतिशतले बढेको छ ।

आज रिलायन्स फाइनान्स लिमिटेको सेयर मूल्य ४५ रुपैयाँ ५० पैसाले बढेर ४४५ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १३१ रुपैयाँ ५० पैसाले बढेर १ हजार ४४६ रुपैयाँ ५० पैसा पुगेको छ । यता मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ५४ रुपैयाँले बढेर ५९४ रुपैयाँमा कारोबार बन्द भएको छ । आज साधना लघुवित्तको सेयर मूल्य १२३ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३६० रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको छ ।

दिउसो केही समय १० प्रतिशतले बढेको नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य भने कारोबार बन्द हुँदा ९.९९ प्रतिशतले बढेर बन्द भएको छ । यो फाइनान्सको सेयर मूल्य ७६ रुपैयाँले बढेर ८३६ रुपैयाँ ४० पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal