Skip to content
Prabhu

न्यूनतम मूल्य २४० रुपैयाँमा युनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ७ सय ५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी जनार्दन पन्तको नाममा रहेको ३३ हजार १३७ कित्ता, अन्जु पाण्डेको १६ हजार ५ सय ८६ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २ सय ४० रुपैयाँ रहेको छ ।

सेयर खरिद बिक्रीको लागि संस्थापक सयेरधनीहरुले सूचना प्रकनाशन भएको ३५ दिभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको काठमाडौंको सुन्धारास्थित प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal