Skip to content
Prabhu

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ बाट एकीकृत कारोबार गर्ने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना स्माटै लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । समता घरेलुले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात् असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको हो ।

यी दुई लघुवित्तले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । गत चैत २९ गते सम्पन्न यी दुवै लघुवित्तको वार्षिक साधारणसभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृति प्रदान गरेको थियो ।

असार २४ गतेदेखि एकीकृत कारोबार सुुरु गरिने भएकोले डाटा माइग्रेसन कार्यको लागि असार २३ गते दुवै लघुवित्तले आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बताइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal