Skip to content
Prabhu

विश्वका अर्बपतिलाई लगानी सम्मेलनमा सहभागी हुने निम्तो

nabil

 

काठमाडौँ । सरकारले आगामी वैशाखमा नेपालमा लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनलाई
भव्यरुपमा सफल बनाउनका लागि सरकार विदेशबाट ठूला लगानीकर्ता ल्याउने उद्देश्यमा काम
गरिरहेको छ । वैशाख १६ र १७ गरी दुई हुने सम्मेलनमा नेपालका निजी क्षेत्रलाई पनि  सोहीअनुसार तयारी गर्न आग्रह गरिएको छ भने सरकारले
सो केसमा राख्नका लागि परियोजनाको तयारीमा 
जुटेको छ ।

 

सम्मेलनमा आकर्षक परियोजनामा सिमेन्ट कम्पनी, केवलकार, जलविद्युत्लगायत रहेको जनाइएको छ
। त्यसबाहेक लगानी बोर्डले विदेशस्थित विभिन्न एक सयभन्दा बढी व्यक्तिलाई सम्मेलनमा
सहभागी हुन निमन्त्रणा पठाएको जनाएको छ । बोर्डका अनुसार  विदेशस्थित दूतावास र महावाणिज्यदूतमार्फत विभिन्न  व्यक्तिलाई सम्मेलनको निमन्त्रणा पठाइएको हो । सरकारले
पनि विभिन्न परियोजना तयार पारेको बताइसकेको छ । निजी क्षेत्रले पनि आफ्नो ढंगले सम्मेलनका
लागि तयारी गरिरहेका छन् ।

 

सम्मेलन सम्पन्न  गर्न आठ करोड रुपैयाँभन्दा
बढी खर्च हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुनका लागि एसियाका पहिलो नम्बरका
अर्बपति भारतीय व्यवसायी मुकेश अम्बानी
, 
भारतीय व्यावसायी
गौतम अडानीका साथै चिनियाँ अर्बपति अलिबाबाका संस्थापक ज्याकलाई निम्त्रणा गरिएको छ
। साथै टेस्लाका एलन मस्क
, माइक्रोसफ्टका संस्थापक विल गेट्स, एप्पलका सीइओ टीम कुक, फेसबुकका संस्थापक मार्क
जुकरबर्गका साथै भारतीय व्यवसायी रतन टाटालगायतलाई निमन्त्रणा गरिएको जनाइएको छ ।

 

तर उनीहरुमध्ये सम्मेलनमा को को आउनेछन् भन्ने अझै यकिन भइसकेको छैन । संस्थागतरुपमा
एसियाली विकास बैंक
, आईएफसी, एसियाली पूर्वाधार बैंक, जाइका, विश्व बैंकलगायतका संस्थाको पनि सहभागिता हुनसक्ने जनाइएको छ

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal