Skip to content
Prabhu

मेमोरी कार्डको आयात बढ्यो, ११ महिनामा ३ करोड ३० लाख बढीको आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मेमोरी आयातमा खर्च हुने रकम बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३ करोड ३० लाख ६८ हजार रुपैयाँको मेमेरो कार्ड आयात भएको हो ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही बढी हो । गत वर्षको सोही अवधिमा ३ करोड ३० लाख ४७ हजार रुपैयाँ बराबरको मेमोरी कार्डको आयात भएको थियो । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मेमोरी आयातको परिमाण भने घटेको देखिएको छ । चालु आवको जेठ मसान्तसम्म ३ लाख ५७ हजार ९३० पिस मेमोरी कार्ड आयात भएको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४ लाख ९० हजार ६४५ पिस मेमोरी कार्ड आयात भएको सरकारी तथ्यांकले देखाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal