Skip to content

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं साधारणसभा सम्पन्न

nabil bank

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारण सभामा बोल्दै अध्यक्ष हेम राज ढकालले नेपाली बिमा बजारमा छुट्टै पहिचान स्थापित गर्न इन्स्योरेन्सले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए । 

उनले देशको आर्थिक विकासमा बिमाको ठुलो योगदान रहेको भन्दै बिमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्छ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बिमा बजार अझै फराकिलो हुने बताए ।  

उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको २६औँ वार्षिक साधारणसभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल,   विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र  अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेका छन् । 

साबिक आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गत वैशाख २७ गतेबाट मर्जर भएर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेका थिए । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi