Skip to content
Prabhu

टेलिकमको प्रबन्ध निर्देशकका लागि अन्तर्वार्ताको तालिका सार्वजनिक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न आवेदन दिएकाहरुसँग अन्तर्वार्ताको मिति तोकेको छ । मन्त्रालयले सोमबार सूचना जारी गरेर अन्तर्वार्ताका लागि प्रक्रिया अघि बढाएको हो ।

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गर्न अन्तर्वार्ता र व्यावसायिक कार्यायोजनाको प्रस्तुतीकरणको तालिका प्रकाशित भएको छ । टेलिकमको प्रबन्ध निर्देशक १७ जनाबीच प्रतिस्पर्धा हुँदै छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार असार २०, २१, २२ र २३ गते अन्तर्वार्ता लिने गरी कार्यतालिका सार्वजनिक गरेको हो । मन्त्रालयले २२ जेठ दरखास्त आह्वान गरेको थियो । तर, दरखास्तका लागि दिइएको अन्तिम मिति सकिएपछि करिब २ हप्ता अन्तर्वार्ताको सूचना निकालिएको थिएन । सत्तारुढ एमालेले गठबन्धन पविर्तन गरेर नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेकै दिन मन्त्रालयले आवेदकहरुलाई अन्तर्वार्तामा बोलाएको हो ।

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध १५ असोज २०८० मा नेसनल पेमेन्ट गेट–वे प्रकरणमा भ्रष्टचारको मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि टेलिकमकी उपमहाप्रबन्धक संगीता पहाडी अर्यालले निमित्त महाप्रबन्धकको जिम्मेवारीमा छिन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal