Skip to content

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा परेको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा सरकारले गरेको प्रक्रिया रद्द बिरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुदै छ । रिटको न्यायधिश द्वय सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा सुनुवाई भइरहेको हो ।

आजको बहस निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेमा केन्द्रित हुनेछ । यस अघि सर्वोच्चले यस मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार १८ गते न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलाशले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिदै दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सम्पूर्ण प्रक्रिया रद्द गरेपछि अध्यक्षको लागि आवेदन दिई सर्टलिस्टमा परेर अन्तर्वार्ता समेत दिएका सन्तोष नारायण श्रेष्ठले असार १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिममा आएर सिफारिस समितिले प्रक्रिया रद्द गर्नु उचित नदेखिएको भन्दै रिट दायर गरेका थिए । उनले नियुक्ति प्रक्रिया पुनः सुचारु गर्नको लागि परमादेश माग गरेका छन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, मातहतको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, महान्यायाधिवक्ताको कार्यालय, नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति, सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. मधु कुमार मरासिनी र उदय निरौलालाई विपक्षी बनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima