Skip to content

क्रेस्ट माइक्रो लाइफको समृद्धि लघुजीवन बीमा योजना सार्वजनिक

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले समृद्धि लघुजीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले लघु बीमाको लक्षित वर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारको लागि इन्स्योरेन्सले यो योजना सार्वजनिक गरेको जनाएको हो ।

कम्पनीले आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघुजीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ६० वर्षसम्म रहेको, बीमा अवधि न्यूनतम ५ वर्षदेखि २० वर्षसम्मको रहेको र बीमांक रकम न्यूनतम १० हजारबाट नै बीमालेख लिन सकिने जनाएको छ ।

न्यून बीमाशुल्क रकम, सर्बोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजना दूरदराजसम्म बीमा साक्षरता अभिवृद्धिमा अहम भूमिका खेल्ने देखिने इन्स्योरेन्सले उल्लेख गरेको छ ।

यस योजनामा बीमाशुल्कबापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने, अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने इन्स्योरेन्सले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima