Skip to content

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटलबीच नगद रहित सेवासम्बन्धी सम्झौता

nabil bank

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत गीता खत्रीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नोभा हस्पिटलबाट नगद रहित हस्पिटलाइजेसस सेवा प्राप्त गर्न सक्ने छन् ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशीले नोभा हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाइजेसस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime