Skip to content

प्रिओपन सेसनमा सामान्य बढ्यो नेप्से

nabil bank

काठमाडौं । आइतबारको प्रिओपन सेसनमा सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । साताको पहिलो कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक २ दशमलव २९ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १५ दशमलव ४७ अंक बढेर २११९ दशमलव ७० विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन पति २१२१ दशमलव ९९ विन्दुमा पुगेको छ । आज यो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ८४ अंक घटेको छ ।

आइतबार प्रिओपन सेसनमा ५१ स्टकको ९३ पटकको कारोबारमा १ करोड ५० लाख ८० हजार २९ रुपैयाँबराबरको २२ हजार ४८८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi