काठमाडौं । आइतबार सेयर बजार परिसूचक १ प्रतिशतले बढेको छ । सेयर बजार कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २१ दशमलव २७ अंकले अर्थात अघिल्लो दिनको भन्दा १ प्रतिशतले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २१४० दशमलव ९७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबारको कारोबार बन्द हुँदा सेयर बजारमा ६ अर्बको कारोबार भएको छ । आज दिनभरको कारोबारमा ३२५ कम्पनीका १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ८० हजार ८३८ पटक खरिद बिक्री हुँदा ६ अर्ब २९ लाख ३१ ह्जार ८५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५२ अंकले बढेर ३७८ दशमलव २२ अंकमा पुगेको छ ।
त्यस्तै, आज १३ उप समूहमध्ये ३ वटाको सेयर मूल्य घटेको छ भने १० वटा सेयर मूल्य बढेको छ । आजको कारोबार बन्द हुँदा मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेको दिन यो कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ७३ रुपैयाँ ५० पैसाले घटेर ६६१ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ ।






प्रतिक्रिया दिनुहोस्