Skip to content

आइतबार सबैभन्दा धेरै कमाउने ५ कम्पनी

nabil bank

काठमाडौं । आइतबार सेयर बजारमा पाँच कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । समग्र बजार बढेको दिन सीइडिबी जलविद्युत विकास कम्पनी लिमिटेड, राष्ट्रिय लघुवित्त वित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र कुमारी बैंक डिभेन्चर २०८६ को सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको हो ।

आज सीयडिबी जलविद्युत आयोजनाको सेयर मूल्य ५.२५ प्रतिशतले वृद्धि भएको छ । यो स्टकको सेयर मूल्य अघिल्लो कारोबारभन्दा ५३ रुपैयाँ ८० पैसाले बढेर १ हजार ७८ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आज नेशनल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ५.०९ प्रतिशत अर्थात् ६५ रुपैयाँ ९० पैसाले बढेर १ हजार ३६० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य ५.०५ प्रतिशत अर्थात् ६५ रुपैयाँ ९० पैसाले बढेर १ हजार ३६९ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य पनि अघिल्लो दिनको भन्दा १० रुपैयाँ अर्थात् ५.०३ प्रतिशतले बढेर २०९ रुपैयाँ पुगेको छ । कुबारी बैंकको डिभेन्चर २०८६ को सेयर मूल्य पनि ५.०२ प्रतिशत अर्थात् ५४ रुपैयाँले बढेर १ हजार २२९ रुपैयाँ पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi