Skip to content

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

 

काठमाडौं । मितेरी डेभलपमेन्ट  बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी अम्बरबहादुर थापाको नाममा रहेको १४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी के कति कित्ता लिने हो सो व्योहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादीमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

उक्त तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi