Skip to content
Prabhu

साउन २७ गते तेह्रथुम पावर कम्पनीको ‘लक इन’ अवधि सकिँदै

काठमाडौं । तेह्रथुम पावर कम्पनीको ३२ लाख बढी कित्ता सेयरको लकइन अवधि साउन २७ गते सकिन लागेको छ। उक्त कम्पनी लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि साउन २७ गते बिहीबार सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले सर्वसाधारणलाई २०७८ भदौ २५ गते सेयर बाँडफाँट गरेको थियो । सो मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको २८ लाख कित्ता संस्थापक सेयर, ४ लाख कित्ता स्थानीयको सेयर र १६ हजार कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal