Skip to content
Prabhu

झन्डै १० प्रतिशतले बढ्यो समाज लघुवित्तको सेयर मूल्य, धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनी

काठमाडौं । सोमबार समग्रमा बजार घटेर बन्द भयो । समग्र बजार घट्दा पनि ९५ कम्पनीको सेयर मूल्य भने बढ्यो । समग्र बजार घट्दा पनि समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने झन्डै १० प्रतिशतले वृद्धि भएको छ ।

यो कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशत अर्थात् ३०० रुपैयाँले बढेर ३ हजार ४ सय रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा एनआईसी एसिया डिबेन्चर ०८२/८३, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत कम्पनी र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड छन् ।

आजको कारोबार बन्द हुँदा एनआईसी एसिया डिभेन्चरको सेयर मूल्य ६.०१ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ६८ रुपैयाँ ८० पैसाले बढेर १ हजार २१३ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य पनि ५.१६ प्रतिशत अर्थात् २३ रुपैयाँले बढेर ४६९ रुपैयाँ पुगेको छ ।

त्यस्तै दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.०३ प्रतिशत अर्थात् २२ रुपैयाँ ९० पैसा बढेर ४७८ रुपैयाँ पुगेको छ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको सेयर मूल्य ४.७५ प्रतिशत अर्थात् ०.४३ रुपैयाँले बढेर ९ रुपैयाँ ४८ पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal