Skip to content
Prabhu

रिलायन्सको आइपीओ रद्द गर्न दबाब, सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई काट्यो पत्र

काठमाडौं । वित्तीय विवरणमा जालसाझी गरेको रिलायन्स स्पिनिङको सार्वजनिक निष्कासन(आइपीओ) रद्द गर्न

दबाब बढ्दै गएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बुक बिल्डिङ प्रणाली मार्फत जारी हुन लागेको आइपीओको विषयमा सञ्चारमाध्यममा आएको विषयमा ध्यायाकर्षण गराएको जनाएको छ ।

रिलायन्सले योग्य संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्दा वित्तीय विवरणमा ५४ रुपैयाँ ३४ पैसा रहेकोमा अहिले २ रुपैयाँ ८ पैसा मात्र देखाएको छ । यो विषयमा लेखा समितिले प्रश्न गरेको छ ।

रिलायन्सले आफ्नो नेटवर्थ बढाउनको लागि जग्गाको मूल्यांकलन बढाएको तथा वास्तविक रुपमा विवरण नराखेको आरोप लागेको छ । यो विषयमा जानकार रहेको धितोपत्र बोर्डले प्रलोभनमा परेर आइपीओ स्वीकृत गरेको आरोप छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal