Skip to content
Prabhu

आशा लघुवित्तको २ लाख ३८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त संस्थाले २०८० कात्तिक २३ गते विद्यमान सेयरधनीहरुका लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सेयर पुनः बिक्री गर्नका लागि निवेदन प्राप्त नेपाल इन्भेष्टमेण्ट प्रालिको २ लाख २३ हजार १ सय ७२ कित्ता, प्रभु ग्रुप प्रालिको ११ हजार ४२९ कित्ता र ताराकुमारी भट्टचनको ४ हजार १५७ कित्ता गरी जम्मा २ लाख ३८ हजार ७५८ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २ सय ९९ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक कम्पनी तथा व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय केन्द्रीय कार्यालय बनेपा– १३, सांगा, काभ्रेपलाञ्चोकमा निवेदन पेस गर्नुपर्ने संस्थाले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal