Skip to content

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकेको छ । बोर्डले अर्को सूचना नआएसम्म आईपीओ हाललाई स्थगित गरेको हो ।बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाको निर्णयअनुसार अर्को सूचना नआएसम्म सर्वसाधारणलाई जारी हुन लागेको आईपीओ रोकिएको हो ।

सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा जारी हुन लागेको आईपीओको मूल्यमा चलखेल भएको चौतर्फी चर्चापछि मंगलबार मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिललाई आइपीओ जारी गर्न दिने निर्णय कसरी गरियो भन्ने विषयमा नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ ।

बुक बिल्डिङबाट जारी भएको आईपीओ दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि बिहीबार आवेदन खुल्ने तयारी थियो । तर, सो मिल्सको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा कैफियत देखिएपछि बोर्डमा आईपीओबारे छलफल चलेको थियो । हालका लागि रोक्का गरिएको आईपीओ कहिले खुल्ने टुंगो छैन ।

लेखा समितिले रिलायन्सलाई बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिनभित्र स्पष्ट पार्न धितोपत्र बोर्डलाइ निर्देशन दिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima