Skip to content
Prabhu

नेसनल लाइफ इन्स्योरेन्सले गर्यो १४.७३७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.७३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असार २७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३७ प्रतिशत नगद गरी कुल १४.७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ । हाल नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्त पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ रहेको छ ।
सो पुँजीमा ४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बोनस वितरणपछि पुँजी ५ अर्ब २१ करोड २१ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal