Skip to content
Prabhu

आज नागरिक लगानी कोषको साधारणसभा हुँदै

काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा आज सोमबार आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे बस्दै छ ।

कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । असार १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal