Skip to content
Prabhu

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सुन सोमबार पनि  सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal