Skip to content

प्रिओपन सेसनमा नेप्से १३ अंकले बढ्यो

 

काठमाडौं । साताको चौथो दिन बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक १३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १३.०८ अंक बढेर २३२३.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.३० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८५ स्टकको २०० पटकको कारोबारमा ७३ लाख ५९ हजार ९७७ रुपैयाँ ५५ पैसाबराबरको २७ हजार ७६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ६८ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life