Skip to content

सूर्योदय वोमी लघुवित्तको एफपीओ आजबाट बिक्री खुला, १ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज शुक्रबार साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । संस्थाले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२ हजार९ सय ५४ कित्ता एफपीओ संस्थाले बिक्री खुला गरेको छ। साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ ।

सो संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ । अब सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन संस्थाले एफपीओ जारी गर्न लागेको संस्थाले जनाएको छ ।

लगानीकर्ताले यो एफपीओमा छिटोमा साउन ८ गते खरिद आवेदन दिन सक्नेछन्। साउन १८ गते बैंकिङ समयपछि निष्कासन बन्द हुने संस्थाले जनाएको छ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो संस्थाको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima