Skip to content
Prabhu

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा कमलविनायक र थलीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले थली र कमलविनायकमा २ वटा नयाँ शाखा विस्तार गरेको छ ।  बैंकले कागेश्वरी मनोहरा नगरपालिका–५ मा थली शाखा र भक्तपुर नगरपालिका–१० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे । उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरूबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले हाल देशभरिमा २ सय ७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, १ सय १३ वटा शाखा रहित बैंकिङ र २ सय ६४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal