Skip to content
Prabhu

नेशनल लाइफ इन्स्योरेन्स ३७औं वर्षमा प्रवेश

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३६औं वर्ष पूरा गरी ३७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । 

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो । त्यस्तै देशभरमा ५३ वटा बाल र वृद्धाश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपांगता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरिएको छ । 

विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको कम्पनीले जनाएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बिमा कोषमा ७१ अर्ब रुपैयाँ को हाराहारीमा रकम जम्मा भएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal