Skip to content
Prabhu

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब ९१ करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१५ अंकले बढेर २४८८.०९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७२ अंक घटेको छ।

आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० रुपैयाँ ९८ पैसा कारोबार भएको छ ।

आज ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज हिमालया रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार ७ सय ४१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ६१ रुपैयाँ २० पैसा रहेको छ ।

साथै, आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको ९.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal