Skip to content

सूर्योदय वोमी लघुवित्तले १ लाख ६ हजार संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ६ हजार ८ सय ४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त संस्थाले सेयरधनी रामेश्वरी श्रेष्ठको नाममा रहेको ९९ हजार ७ सय ४८ कित्ता र बिमल पाण्डेको नाममा रहेको ७ हजार १ सय कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । सो सेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुनेछ ।

सो सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुर वा सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल, नागपोखरी आईपुग्ने गरी आवेदन पेस गर्नुपर्ने संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima