Skip to content
Prabhu

मंगलबार नेप्से ३० महिनाकै उच्च बिन्दुमा, कारोबार रकम १४ अर्ब ११ करोड

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५.३३ अंकले बढेर २५६३. ४३ मा पुगेको हो । आज नेप्से बढेर ३० महिना कै उच्च बिन्दुमा पुगेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १०.४० अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७८ अंक बढेको छ।
आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ ७६ पैसा कारोबार भएको छ ।
आज २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ५ सय ८८ रुपैयाँ रहेको छ ।

साथै, आज ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको ५.८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal