Skip to content

लाइन काटिएका उद्योगमा बिजुली जोड्नुपर्नेमा जोड

nabil
global ime

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकष्मिक समयमा एमालेका सांसद पदम गिरीले बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।

उनले बिजुली नपाएर उद्योग बन्द भएका भन्दै प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल विद्युत् लाइन जोड्न आवश्यक भएको बताए । ‘एकातिर मुलुकमा उत्पादित बिजुलीले बजार नपाउने र अर्कातर्फ विद्युत् नपाएर उद्यमीले उद्योग बन्द गर्नुपर्ने अवस्था छ । यो समस्या तत्काल समाधान गर्नुपर्छ,’ उनले भने ।

त्यसअघि नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले आफ्नो छोराको शैक्षिक प्रमाणपत्रको समकक्षता कायम गर्न सांसद डा वीरेन्द्र महतोले घुस दिनुपरेको विषय गम्भीर भएकाले छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले नुवाकोट जिल्लामा बाढीपहिरोका कारण भएको भौतिक क्षतिको विवरण प्रस्तुत गर्दै थप जोखिम नहोस् भन्नेतर्फ सरकार संवेदनशील हुनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सनातन धर्मका विरुद्ध प्रचार गर्नेलाई कारबाहीको माग गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले दुईवटा बसको खोजीमा जुट्न सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आरक्षणको विषयमा तनावग्रस्त बंगलादेशमा नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालयले सदनलाई जानकारी गराउनुपर्ने माग गरे । उनले जानकी आँखा अस्पतालमा केही समययता दुई समूहबीचको द्वन्द्वले नियमित सेवा सञ्चालन प्रभावित भएकामा चिन्ता व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima