Skip to content

श्री साशा इन्जिनियरिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । श्री साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण सेयरहरु प्राथमिक सार्वजनिक निष्कासनमार्फत धितोपत्र निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंलाई निष्कासन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पवित्रकुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ । उक्त कार्यक्रममा साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव दिलिपकुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T