Skip to content
Prabhu

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा ज्ञवाली र रिसाल नियुक्त

nabil

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा.डा. रामप्रसाद ज्ञवाली नियुक्त भएका छन्। 

सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहालीसमेत गरेका छन् । उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिवलगायतको उपस्थिति थियो।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal