Skip to content
Prabhu

भारतमा अन्तरिक्ष अर्थव्यवस्था विस्तार गर्न एक हजार करोड कोषको घोषणा 

nabil
एजेन्सी । चन्द्रयान–३ मिसनको सफल समापनपछि वित्तमन्त्री निर्मला सीतारमणले मङ्गलबार अन्तरिक्ष अर्थव्यवस्थाको पाँच गुणा विस्तार गर्न एक हजार करोड (भारतीय रुपैयाँ) को उद्यम पूँजी कोषको स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
सन् २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल सफ्ट ल्यान्डिङ र भारतको पहिलो सौर्य मिसन आदित्य–एल १ को सफल प्रक्षेपण गरेर भारतले नयाँ उचाइमा पुगेको छ । यी कोसेढुङ्गाहरूले विश्व अन्तरिक्ष अर्थतन्त्रमा भारतको स्थान सुरक्षित गर्नुका साथै भारतको निजी अन्तरिक्ष क्षेत्रका लागि इन्जिनहरूलाई बढावा दिएको छ । भारतले अब सन् २०३५ सम्ममा भारतीय अन्तरिक्ष स्टेशन स्थापना गर्ने र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउने लक्ष्य राखेको छ ।
यस वर्षको सुरुमा वाणिज्य तथा उद्योग मन्त्रालयले भारतको अन्तरिक्ष क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) नीतिको समीक्षाको घोषणा गरेको थियो । विशषगरी भारतीय अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनीहरूका लागि खोल्ने ऐतिहासिक कदमपछि भारतीय अन्तरिक्ष स्टार्टअपहरू पछिल्लो दशकमा निजी अन्तरिक्ष उद्योगका लागि बलियो स्तम्भ बनेका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal