Skip to content

बुधबार प्रिओपन सेसनमा नेप्से १० अंकले बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब १० अंकले बढेको छ।

हिजो मंगलबार ७५.३३ अंक बढेर २५६३.४३ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ९.७९ अंक बढेर २५७३.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०९ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ८२ स्टकको २४८ पटकको कारोबारमा १ करोड ३७ लाख २६ हजार ७५७ रुपैयाँबराबरको २६ हजार ४ सय ५५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ५६ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima