Skip to content
Prabhu

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज आज बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी ३ जनाको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal