Skip to content

प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

nabil bank

काठमाडौं । प्रभु बैंकको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन भएको छ । प्रभु बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले आज एक समारोहकाबिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रमा शुभकामना मन्तव्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकास आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।

सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गरे ।

साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिँदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्रीसम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बुद्धनगर–१०, नयाँबानेश्वर काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi