Skip to content

प्रिओपन सेसनमा नेप्से ४ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ।

हिजो बुधबार २७.३२ अंक घटेर २५३६.११ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ४.०३ अंक बढेर २५४०.१४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५१ अंकले बढेको छ।

बिहीबार प्रिओपन सेसनमा ६५ स्टकको १२८ पटकको कारोबारमा ६९ लाख ७२ हजार ८७ रुपैयाँबराबरको १४ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T