Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्णय

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं।  सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । 

२०७९ पुस ७ गतेदेखि साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ । 

फागुन १० गते बिहीबार  बसेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्ञचालक समिति बैठकले साविकको ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्सको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय सो बैठकमा भएको कम्पनीले जानकारी गराएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्